ईटहरी / नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिकामा फिल्म ‘बिहे पास’को छायांकन सुरु भएको छ । उक्त फिल्म विराटनगरको एक मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको हो । नायिका प्रकृति श्रेष्ठ ६ वर्ष पछाडी फिल्ममा कमब्याक गर्दैछिन भने उनले सन् २०१३ मा होस्टेल फिल्ममा मुख्य भूमिका निर्वाह गर्दै डेब्यु गरेकी थिइन् । सो बेला उनको चर्चा र अभिनयको खुबै तारिफ भएको थियो । उनले उत्सव, जिन्दगी रक्स, आभाष जस्ता फिल्ममा अभिनय गरेपछि पलायन सरह भईन । विवाह गरेर अमेरिका रहदै आएकी प्रकृतिको ‘बिहे पास’ संगै चर्चा बाक्लिदो छ ।

कोरोनाको लहर फेरी सुरु हुदै गर्दा फ्लोरमा निस्केको फिल्मको छायांकन विराटनगरका विभिन्न स्थानमा हुनेछ । नायिका प्रकृति श्रेष्ठ चलचित्र ‘उत्सव’मा काम गरेपछि अष्ट्रेलिया पुगेकी थिइन् भने उनि ६ वर्षसम्म चलचित्रमा देखीइनन । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । प्रकृतिले के चलचित्र ‘बिहे पास’ पछि नेपाली चलचित्रलाई फेरिपनि निरन्तरता दिन्छिन त ?

सिनेमा क्षेत्र धरापको बेला काध थाप्न फर्किएकी उनि कतै फेरी पनि हराउने त हैनन ? यो आगामी दिनमा थाहा हुने नै छ । बिहे पासका निर्देशक प्रबेश पौडेल हुन् । फिल्मको कथाबस्तु एकदमै रोचक रहेको उक्त फिल्मका निर्देशक पौडेलले जानकारी समेत दिएका छन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने उक्त चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने सह–निर्माता ग्याल्जेन लामा हुन् । चलचित्रमा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ ।

तपाईको प्रतिक्रिया