ईटहरी/ कोरोना कहरका कारण यसपटकको होलि पनि खल्लो भएको छ । आज पहाडी भेगमा होलि मनाईदैछ । जनजीवन सामान्य बन्दै गैइरहेको भएपनी कोरोना फैलिएको एक वर्ष पुगेपछि यसको असर फेरि देखिन थालेको छ । काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ । तराईमा भोलिमात्रै होली मनाइन्छ । नेपालिहरुले घरमै रहेर परिवार संग होलि मनाएका छन् ।

यता नेपाली सेलिब्रेटिहरुले पनि आफ्नो परिवारका सदस्यहरु संगै बसेर खुसी साट्दै होलि मनाईरहेका छन् त्यस्तै नायिका रेखा थापाले पनि होलि मनाएकी छिन। नायिका रेखा थापाले सामाजिक संजाल फेसबुकमा केही तस्वीर सार्बजनिक गरेकी छन् । जहाँ उनकी आमालाइ उनले रंग दल्दै गरेको देख्न सकिन्छ।

फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ । आजको दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ । तर, गत वर्ष देखि नेपालिहरुले होलिलाई खुलेर मनाउन पाईरहेका छैनन् । होलिका अवसरमा गरिने कन्सर्ट तथा साङितिक कार्यक्रमहरु यतिबेला देशभर नै कोरोनाका कारण ठप्प रहेको छ ।

तपाईको प्रतिक्रिया