ईटहरी/ कोरोना कहरका कारण यसपटकको होलि पनि खल्लो भएको छ । आज पहाडी भेगमा होलि मनाईदैछ । जनजीवन सामान्य बन्दै गैइरहेको भएपनी कोरोना फैलिएको एक वर्ष पुगेपछि यसको असर फेरि देखिन थालेको छ । काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ । तराईमा भोलिमात्रै होली मनाइन्छ । नेपालिहरुले घरमै रहेर परिवार संग होलि मनाएका छन् ।

यता नेपाली सेलिब्रेटिहरुले पनि आफ्नो परिवारका सदस्यहरु संगै बसेर खुसी साट्दै होलि मनाईरहेका छन् । २ दिन मनाईने होलिको आज दोश्रो तथा अन्तिम दिन तराई भेगमा मनाईदैछ । काठमाडौमा नायिका प्रीयंका कार्की र उनका श्रीमान आयुष्मानको परिवारले पनि आफ्नो परिवार भित्रै होलि मनाएकी छन् । रङ्गले रंगिएको तस्विरहरु सामाजिक संजालमा साझेदार गर्दै सबैलाई सुभकामना दिएका छन् ।

फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ । आजको दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ । तर, गत वर्ष देखि नेपालिहरुले होलिलाई खुलेर मनाउन पाईरहेका छैनन् । होलिका अवसरमा गरिने कन्सर्ट तथा साङितिक कार्यक्रमहरु यतिबेला देशभर नै कोरोनाका कारण ठप्प रहेको छ ।


तपाईको प्रतिक्रिया