इटहरी/ नेपाली फिल्म ‘लाइफ इन एलए’ बन्ने भएको छ । सो फिल्म बाट अभिनेत्री अकेशा बिष्टले ६ वर्षपछि नेपाली सिने उधोगमा कमब्याक गर्दैछिन् । उनि एकसमयकी चर्चित मोडल संगै भिजे पनि हुन् । कान्तिपुर टेलिभिजनबाट आउने कल कान्तिपुरकि प्रस्तोता समेत रहेकी उनी उक्त समयमा २ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन । तर, सिनेमा क्षेत्र भने उनलाई त्यतिबेला फापेन । पहिलो फिल्म नै असफल भएपछि उनी पलायन भईन् ।

उनले २०१५ मा फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । परिवार सहित अमेरिकामा बसोबास गर्दै आएकी उनी यतिबेला केही आश र भरोसा सहित कमब्याक गर्दैछिन् । अप्रिल पहिलो साताबाट अमेरिकाबाट छायांकन सुरु हुने फिल्मको गत शुक्रबार अमेरिकामै एक कार्यक्रम गरि औपचारिक घोषणा गरिएको हो । अकेशाको कमब्याक कस्तो हुनेछ त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

फिल्मको घोषणा संगै एक टाईटल पोस्टर समेत सार्बजनिक भएको छ । फिल्मलाई सुर्य एन श्रेष्ठले निर्देशन गर्दैछन् भने अमेरिकामा फिल्मको छायांकन सकेर बाकी छायांकनका लागि युनिट नेपाल आउने छ र पोखरामा छायांकन गरिने छ । अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षमा आधारित रहने फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने भनिएको उक्त चलचित्रमा अकेशा संगै बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय रहनेछ । फिल्म ‘लाइफ इन एलए’मा श्रीकृष्ण बम मल्लको संगीत रहने छ भने उज्वल ढकालको सम्पादन गर्नेछन् । फिल्मको कार्यकारी निर्माता संसार ए सुबेदी हुन् भने राजेन्द्र ठकुराठी निर्माता रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन, प्रतिक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीन खत्रीले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्दै छन् ।

तपाईको प्रतिक्रिया