इटहरी /’काउली बुढी’ एक चर्चित नाम हो जसलाइ नचिन्ने सायद कम नै होलान तर उनको वास्तविक नाम सन्ध्या बुढा हो। वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार सन्ध्या नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । सामाजिक सञ्जालमा निकै क्रियाशील देखिने उनि हाँस्यकलाकार तथा गायिका समेत हुन। इन्स्टाग्राममा उनको फलोअर ११ हजार बढी छन् भने फेसबुकमा ८५ हजार बढी फ्यान फलोअर्स समेत कमाइसकेकि छिन ।

सुर्खेतकी २५ वर्षीया ‘काउली बुढी’को आवाजमा दर्जनाै लोकदोहोरी गीत सार्बजनिक समेत भईसकेका छन् भने केही गीतमा आफैँले अभिनय गरेकी छिन्। उनी गायिकाका साथसाथै कुशल कार्यक्रम प्रस्तोता पनि हुन् भने चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् । तर जहाँबाट उनी धेरैको मनमुटुमा बस्न सफल भइन् ।


नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।




तपाईको प्रतिक्रिया