- सुवास संकल्प


इटहरी / कोरोनाले प्रत्यक्ष असर गरेको बर्षदिन बढी भैसक्यो । जसले गर्दा फिल्म क्षेत्रमा ठूलो क्षति पुगिरहेको छ । धेरै लामो समयपछि खुलेका सिनेमा हलहरु फेरि सुनसान हुन थालेका छन् । यता रिलिज मिति तय भैसकेका फिल्महरु समेत पोस्टपोन्ड भइरहेका छन् । तर पनि नया फिल्म निर्माण घोषणा तथा छायांकन भने भैरहेको छ । एकदिन पक्कै सिनेमा क्षेत्र पुर्णरुपमा चलायमान हुन्छ भन्ने बिश्वासमा छन फिल्मकर्मिहरु ।

यस्तैमा निर्माता केदार भुषालले महानायक राजेश हमलको कथामा आधारित ‘म राजेश हमाल’ नामक फिल्म निर्माण गर्ने भएका छन् । फिल्म नितान्त राजेश हमालको पेरिफेरिमा रहने छ भने राजेश हमाल पनि फिल्ममा रहनेछन् । यस्तै नायिका संचिता लुइँटेल पनि फिल्मको प्रमुख भुमिकामा छिन् । उनिसंग पनि निर्माता भुषालले कागजी सम्झौता गरिसकेका छन् । संचितासंगको तस्वीर उनले आफ्नो फेसबुकमा राखेका छन् ।

केदारले यसअघि ‘कौसिद’ निर्माण गरेका थिए । औपचारिक घोषणा नभैसकेको यो फिल्मका लागि निर्देशक फाईनल हुन बाकी छ भने कमर्सियल फिल्म अभिनेत्रीको रुपमा संचिता लुइँटेल मात्र छिन् भने अन्य कलाकारहरुको रुपमा थिएटरका कलाकार रहने जानकारी डिथ्री अनलाइनलाई प्राप्त भएको छ । संचिताले २ वर्षपछि यसै फिल्मबाट फेरि सिने उधोगमा कमब्याक गर्दैछिन । फिल्ममा कुनै गीत र द्वन्द्वका दृश्य पनि रहनेछैन । यसबाहेक फिल्मको अन्य जानकारी सहित अफिसियल उद्घोष केही सातामा गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया