ईटहरी /विश्वका अधिकांस मुलुकमा देखिएको कोरोना भाइरसका कारण विभिन्न देशको अर्थतन्त्र नै खलबलिएको अवस्था केहि साम्य हुन नपाउदै फेरी कोरोना भाइरसको संक्रमण बढ्न थालेको समाचार आउन थालेको छ। कोरोना माहामारी फैलिएको १ वर्ष हुदै गर्दा फेरी पनि भारतका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ भने कोरोना भाइरसको संक्रमण यसरि बढिरहँदा बलिउडका चर्चित संगीतकार/गायक बप्पी लहिरीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित पुष्टि भएपछि उनी अस्पताल भर्ना भएको उनकी छोरी एवं गायिका रीमा लहिरी वंशलले जानकारी दिएकी छन् । यता, बप्पीका प्रवक्ताले बुधबार नै बयान जारी गर्दै ६८ वर्षीय वप्पीलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनले भनेका छन्, ‘बप्पी दाई कोरोना संक्रमण हुनु भएको छ । उनमा संक्रमणका लक्षणहरु देखा परेका छन् ।’

भारतमा फेरी कोरोना भाइरस संक्रमितको संख्या बढे संगै नेपालका विभिन्न स्थानमा समेत निसेधाज्ञ लागु गर्न थालिएको छ। साथै नेपालमा समेत सतर्कता अपनाऊनु पर्ने चेतावनी विभिन्न विज्ञहरुले दिइसकेका छन्। फेरी पनि कोरोना भाइरसको सास्ती नेपाली जनताले भोग्नु पर्ने त् हैन जस्ता त्रास समेत मानिसमा बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया