ईटहरी/ नेपालमा देशको मौलिक कला सस्कृती तथा चाडवाडलाई भन्दा बिदेशी सस्कृतीलाई पछिल्लो समय धेरै अबलम्बन गरेको पाईन्छ । अप्रिल फुल पनि त्यसैमा पर्छ, यो दिन नेपालीहरु आफ्ना आफन्तजन तथा साथिभाई लाई ढाटेर मूर्ख बनाउदा खुबै रमाइलो महसुस गर्छन् । तर, एकैछिनको रमाईलोले कसैलाई ठूलो असर गरिरहेको पनि हुन्छ । अहिले यस्तै भएको छ ।

गायिका रचना रिमाललाई टिकटकमा हार्दिक श्रद्धाञ्जली दिईएको छ । रिमालको एक फ्यानले सो बदमासी गरेकि हुन् । उनको सो मजाकले रिमालका फ्यान तथा आफन्तहरू अचम्मित भए । स्वयम रचना नै यो कार्यले अचम्मित भईन् । नहुनु पनि कसरी, जिउदैमा श्रद्धाञ्जली आईरहेको छ । भिडियो भाईरल हुँदै गर्दा सो टिकटक प्रयोगकर्तालाई गालीको वर्षा आएपछि एकाउन्टबाट उक्त भिडियो डिलिट गरिन् ।

रचनाले पनि एक ग्रुपमा उनको समर्थन गर्दै गरिएको पोस्ट दुखी बन्दै शेयर गरेर फेसबुकमा ‘यो के भै’राछ’ भन्दै पोस्ट गरेकी छन् । यता, उक्त टिकटक प्रयोगकर्ताले माफी माग्दै अर्को भिडियो टिकटकमा राखेकी छन् । उनले ‘अब देखि त्यस्तो मजाक कहिले गर्नेछैन, सबैजनालाई sorry भन्न चाहन्छु, नराम्रो नसोचिदिनुहोला’ लेखेकी छन् । गायन कलाका कारण सबैमाझ लोकप्रिय बनेकी रिमाल उनको सोझोपनाको पनि सबैमाझ चर्चा छ । उनको यहि सोझोपनाले गर्दा कतिले नकारात्मकता समेत फैल्याएका छन् ।

तपाईको प्रतिक्रिया