इटहरी/ फिल्म ‘ए मेरो हजुर ४’को शिर्ष गीत केही दिन अगाडि शे-फोक्सुण्डो तालमा खिचिएको थियो । जसको मिडियामा राम्रै चर्चा भयो । यतिबेला टोलि फर्केर शुक्रवारदेखि ग्रान्डी हस्पिटलमा फिल्मको क्लाईमेक्स छायांकन भैरहेको छ । अनमोल गम्भीर विरामी भएपछि ग्रान्डी हस्पिटल पुगे । यो फिल्मको क्लाईमेक्स सिन हो । निर्देशककको एक्सन कटमा अनमोलले अभिनय गर्दैगर्दा टिमको छायाकारले त सिन कैद गरिरहेकै थिए । यता अनमोलका फ्यानहरुको पनि मोबाईलको क्यामेरा तेर्सियो ।

अहिले उक्त दृश्यहरु सामाजिक संजालमा भाईरल भएको छ । टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक संजालमा यतिबेला सो भिडियो क्लिपहरु भाईरल भएपछि निर्माण युनिट तनाबमा छ । अनमोलको उक्त लुक्स तथा दृश्यहरुलाई टिमले लुकाउने कोसिस गरेको थियो, तर कोसिस असफल भयो । हेर्नुस् सामाजिक संजालमा भाईरल भएका ए मेरो हजुर ४ को क्लाईमेक्स सिनहरुको भिडियो ।

टिकटकमा भेटिएको उक्त भिडियोमा अनमोल दुब्लो र कपाल काटेर निकै छोटो पारेको दृष्य देख्न सकिन्छ भने उनि निलो रंगको पहिरनमा देखिएका छन् । झरना थापाको निर्देशनमा बनिरहेको चलचित्रमा अनमोलको जोडी सुहाना थापासँग बाँधिएको छ । उनीहरुले दोस्रो पटक सँगै काम गरेका हुन् । फिल्ममा सलोन बस्नेत पनि प्रमुख भूमिकामा छन् । सुनिल कुमार थापा निर्माता रहेको चलचित्र आउँदो वर्षको भदौ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कोरोनाका कारण अधुरैमा रोकिएको चलचित्रको छायांकन दशैंबाट सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया