ईटहरी/ समाजमा सामाजिक संजाल प्रयोगकर्ता हरुको जमात दिनप्रतिदिन बढ्दो छ। सामाजिक संजाल प्रयोगकर्ताको संख्या बढे संगै अन्जानमा गरिएका गल्ति र नगरिएका गल्ति प्रति औला उठाउने र भाइरल बनाउने चलन पनि बढ्दै गरिएको छ। बिशेष गरि विभिन्न कलाकारले गरेका कामलाई लिएर विभिन्न ट्रोल बन्ने गरेको छ। त्यहि मध्येकि एक हुन प्रियंका कार्की। के अभिनेत्री प्रीयंका कार्की गर्भवती भएकी हुन् त ?

यो प्रश्नको सामना केही दिन अघिदेखि सामाजिक संजालमा प्रीयंका कार्कीले भोग्दै आईरहेकी छिन। बेलाबेलामा आलोचना र विवादको भुमरिमा परिरहने कार्की अब यो बिषयमा पनि ट्रोलको सिकार बन्न पुगेकी छिन। उनको होलिको तस्विर सामाजिक संजालमा सार्बजनिक पश्चात् यस्तो प्रश्नको सामना गर्नुपरेको हो ।

अन्ततः उनले जवाफ पनि दिएकी छन् । तर, लेखाईमा केही त्रुटि भएको बुझ्न सकिन्छ । हुन त प्रीयंका प्रायः चिप्लिरहेकी हुन्छिन। उनले आफू गर्भवती अवस्थामा श्रीमान आयुष्मानको अंगालोमा बाधिएको फोटाहरु सामाजिक संजाल फेसबुक र इन्स्टग्राममा अपलोड गर्दै आफु गर्भवती भएको कुरा खुलाएकि छिन। अहिले उनका तस्बिरहरु समाजिक संजालमा छरपस्ट छन्। हेरौ सामाजिक संजालमा भेटिएका उनका तस्बिरहरु :



तपाईको प्रतिक्रिया