इटहरी /राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ केहिदिन अगाडी मात्र सार्वजनिक गरिएको छ । सोनाको स्वरसंगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासंगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन्।

उनले आउदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छु’ उनले भनिन् । उनिसंगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भएता पनि नया जस्तो नलागेको प्रतिक्रिया दिए ।
उनले को–स्टार सागरसंगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन ।

भिडियोमा सागर र सोनासंगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ। गीतमा माया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी, बुद्ध थापाको छायााकन, नविन निरौलाको कलर र सम्पादन, दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ ।

सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसंगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसंगै मोबाइल फोन दिइने घोषणा गरिएको छ। यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिक हुने नया गीतको कार्यक्रममा गरिने बताइएको छ। लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेको कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया