इटहरी /पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र अभिनय निरौलाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘घिर्लिङ’ बोलको नयाँ गीतमा अभिनय कै शब्द रहेको छ। उक्त गीतमा योगेन्द्र उपाध्यायले संगीत भरेका छन् भने कुशल सिंहले संयोजन गरेका हुन्।

‘घिर्लिङ’को म्युजिक भिडि‌योमा सागर लम्साल क्षेत्री (बले) र सिम्पल खरेलको मुख्य भूमिकामा प्रस्तुति देख्न सकिन्छ। उनीहरूसँगै रेशम बुढाथोकी, गौतम थापा, सिता राय क्षेत्री, कल्यान कुमार राय, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको छ। भिडियो:

सायरा क्रियशन नामक युटूब च्यानलबाट सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोमा बुद्ध थापाको सिनेमेटोग्राफीमा तयार भएको छ। भिडि‌योलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकाश धमालले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया