चर्चित गीत ‘ओए’को सफलतापछि ‘ओए-२’को भिडियो रिलीज भएको छ । ‘फ्याट्टै’ बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ । नबिन रावलको संगीत तथा मिलन बिष्टको शब्द रचना रहेको छ । केहि दिन अगाडी मात्र सार्बजनिक भएको उक्त म्युजिक भिडियो युटूबको ट्रेण्डीङ्ग नम्बर ३ मा पर्न सफल भएको छ भने १७ लाख १८ हजार २ सय १९ पटक हेरिसकिएको छ।

यस गीतको भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्यसहितको अभिनय रहेको छ । राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिबेश गुरुंगको अभिनय रहेको भिडियोका निर्देशक, कोरियोग्राफर तथा कथाकार राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रूपको नृत्य रहेको छ ।

गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ । सुप्रिम पराजुलीले सम्पादन गरेको यस गीतको भिडियोलाई पवन सुस्लिंगले छायांकन गरेका छन्। निर्माता मनोज बस्नेत हुन् ।

तपाईको प्रतिक्रिया