इटहरी /गायिका अबुन पाण्डेको शब्द तथा संगीतमा ‘प्रेम प्याला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् भने उक्त गीतमा गायिका अबुन पाण्डेकै स्वर सुन्न सकिन्छ।

सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ। प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।
सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन्।

भिडीयोमा अरुणा घिमिरेको मेक अप तथा शिवराम श्रेष्ठको छायांकन रहेको छ। ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी उक्त म्युजिक भिडियोमा रहेको छ। प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया