सुमधुर श्वरकि धनि गुन्जन उपाध्यायको ‘सानी भनेर’ बोलको गित सार्वजनिक भएको छ । उक्त गीतमा गुन्जनलाइ साथमा गायक विश्व नेपालीको स्वर सुन्न सकिन्छ । अमेरीकामा बस्दै आएकि गायीका उपाध्यायले यस पटक आफ्नै यूटुव च्यानल नेपसिस्टर बाट उक्त गीत सार्वजनिक गरेकि छिन् ।

सार्बजनिक गीतमा शव्द एवं संगीत तुंग नेपालको रहेको छ भने गीतको भिडियोमा प्रयास वान्तवा राइ र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो धेरै मेहनतका साथमा निर्माण गरिएको हुनाले दर्शकको मन जित्नेमा विश्वस्त छिन् गायीका गुन्जन उपाध्याय । हेरौ यो गीतको भिडियो

संगीतकार एवं गीतकार नेपाल गायीका गुन्जनका पिता हुन् । उक्त गीतको भिडियोलाई धेरै दर्शकले हेरिसकेका छन् भने धेरैले सकारात्मक प्रतिक्रीया समेत दिएका छन।

तपाईको प्रतिक्रिया