इटहरी /पछिल्लो समय कोरोना भाइरसको कारणले नेपाली फिल्म क्षेत्रको अवस्था भयाबह भैरहेको छ हुन त फिल्म क्षेत्रमा मात्र नभई उद्योगधन्दा, कलकारखाना देखि लिएर विभिन्न क्षेत्रमा नकारात्मक असर परेको छ। रिलिज हुने भनिएका कतिपय फिल्महरु पोस्टपोण्ड भएका छन्। लामो समय देखि एता सिने क्षेत्र सुनसान भएको छ भने हलसम्म पुग्ने आट दर्शकले गर्न सकेका छैनन्।

यसरि दर्शकहरु हलसम्म नपुगिरहेको अबस्थामा बुद्दि तामांग अभिनित चलचित्र ‘मट्टि माला’ युटूबमा सार्बजनिक भएको छ भने सार्बजनिक भएको केहि दिनमै युटूब ट्रेण्डिङ्गको ३ नम्बर मा प्रबेश गरिसकेको छ। टेके पौरखी राइको लेखन तथा निर्देशमा बनेको उक्त फिल्ममा बुद्दि तामांगसंगै रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राइ, सिशिर राना, चिरन राइ,अरुण कार्की, अर्जुन गुरुङ, बिनोद राइ, बिक्रम राना, दीपक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।

उक्त फिल्ममा सुमन राइको संगीत रहेको छ भने सुमन राइ, बबिना किराती, संगीता थापा, अमृता लिम्बु , आनन्द राइ, बिक्रम राइ र सुन्दर लामाको स्वर उक्त फिल्मको गीतमा सुन्न सकिन्छ त्यस्तै गरि जानु कम्बांग लिंग्देन, रोशन भट्टराई साङ्गे ब्लोन तामांगको सब्द समादेश गरिएको छ। हेर्नुस पुरा फिल्म :

कविराज गहतराज, राजेश पुमा, दीपेन्द्र शाही ठकुरी को कोरियोग्राफी रहेको सो फिल्मका निर्माता पृथ्वी राइ रहेका छन् भने सार्बजनिक भएको केहि दिनमै उक्त फिल्मलाई ३ लाख ३७ हाजर भन्दा बढी पटक हेरिसकिएको छ। हाइलाइट नेपाल को अफिसियल युटूब च्यानलबाट सार्बजनिक गरिएको उक्त फिल्म हेरेर ११ हजार भन्दा बढीले लाइक गरिसकेका छन्।

तपाईको प्रतिक्रिया