इटहरी /पछिल्लो समय सांगीतिक क्षेत्रमा दिनप्रतिदिन नया नया गितसंगित तथा म्युजिक भिडियो बन्ने होडबाजी चलिरहेको छ कतिपय म्युजिक भिडियोले दर्शकको ध्यान तान्न सफल भएका छन् भने कतिपयले दर्शकको साथ पाएका छैनन तर पनि निर्माण टिम भने दर्शकलाई नया नया फ्लेभरमा गित संगीतको स्वाद चखाउन पछि हटेका छैनन त्यस्तै चर्चित पत्रकार तथा समाजसेवी सिशिर भण्डारीको सब्द तथा संगीतमा ‘फोटो फिरिममा २’ केहि दिन अगाडी मात्र सार्बजनिक भएको थियो भने उक्त गित अहिले युटूब ट्रेण्डिङ्गको ४ नम्बर मा पर्न सफल भैसकेको छन।

सार्बजनिक उक्त गीतको भिडियोलाई ६ लाख ७४ हजार भन्दा बढी पटक हेरिसकिएको छ भने ५८ हजार भन्दा बढीले लाइक गरेका छन् त् ४ हजार भन्दा बढीले सकरात्मक प्रतिक्रिया दिएका छन्। एक प्रेम कथामा आधारित उक्त ‘फोटो फिरिममा’ गीतको अत्याधिक सफलतापछि शिशिर भण्डारीले ‘फोटो फिरिममा २’ सार्बजनिक गरेका हुन्।

सार्बजनिक गीतमा शिशिर भण्डारीको सब्द तथा संगीत रहेको छ भने गायक प्रताप दास, कुमार अभि र सुमधुर स्वरकी धनि गायिका रचना रिमालको स्वर उक्त गीतमा सुन्न सकिन्छ भने निर्देशन पनि शिशिर भण्डारीकै रहेको छ। बिशाल निरौलाको संगीत संयोजन रहेको उक्त गीतमा साजन शाहको मिक्सिंग तथा मास्टरिङ्ग रहेको छ।

सार्बजनिक गीतको भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, जुना सुन्दास, प्रकाश रामदास, बसन्त भण्डारी, पुजा गौतम, सरु गौतम,एलिना कार्की, एलिना कार्की, शुसन गौतम, लक्ष्मण राज अधिकारी, अबिनाश गौतम र निक्स शर्माको अभिनय रहेको छ भने नव कलाकारमा सुरक्षा जि.सी र अतिथि कलाकारमा आकाश श्रेष्ठलाई देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको उक्त म्यजिक भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् भने सन्तोस राजवहाक सह निर्देशक हुन। भिडियो हेर्नुस :

केहि समय अगाडी सार्बजनिक गरिएको ‘फोटो फिरिममा’ बोलको गीतमा पनि शिशिर भण्डारीको सब्द तथा संगीत रहेको थियो भने मेल भर्सनमा प्राताप दास र फिमेल भर्सनमा रचना रिमालको स्वर रहेको छ। जुन गित दर्शकको रोजाइमा पर्न सफल समेत् भयो।

तपाईको प्रतिक्रिया