ईटहरी/ कथा, सिम सिमे पानि, हामि यस्तै त होनी ब्रो आदि र्याप गितबाट अत्याधिक चर्चा कमाएका र्यापर भिटेन अर्थात समिर घिसिङ्गले भर्खरै नया र्याप गितको भिडियो “क्रिम्नल” सार्बजनिक गरेका छन् । सो गीतको भिडियोलाई उनकै नामको युट्युब च्यानल ‘भी टेन म्युजिक’ बाट सार्बजनिक गरिएको छ । उक्त गीत तथा भिडियो यतिबेला चर्चा संगै युट्युब ट्रेण्डिङ्गको तेस्रो स्थानमा पुग्न सफल भएको छ ।

उक्त र्याप गित सार्वजनिक भएको छोटो समयमा युट्युब ट्रेण्डिङ्गको तेस्रो स्थानमा पुग्न सफल भएको हो।
हाल सम्म ११ लाख ७ हजार भन्दा बढीले हेरीसकेका छन् भने एक लाख २७ हजार लाइक र ५ हजार भन्दा बढी डिसलाइक रहेको भिडियोको कमेन्टमा दर्शकले सकारत्मक प्रतीकृया दिएका छन्। भिडियो :

भिटेनकै निर्देशन शब्द,कम्पोज र कन्सेप्टमा तयार पारिएको भिडियोलाई जेनिश महर्जनले सम्पादन गरेका हुन्।
एक सय एक क्यापिटलको लय सिर्जना रहेको भिडियोमा लगानी बबी बिट्जको रहेको छ। गीतको मिक्सिङ मास्टरिङ् अीजीकोले गरेका हुन्। भिडियोलाई भिटेनकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरीएको हो।

तपाईको प्रतिक्रिया