इटहरी /नेपालको सिन्धुपाल्चोकमा जन्मेका जयनन्द लामा नेपाली लोक संगीत दृश्यमा प्रसिद्ध व्यक्तित्व हुन् । गायकका रूपमा चिनिनुको अलावा उनलाई कलाकारको रुपमा पनि चिन्न सकिन्छ । नेपाली सागीतिक क्षेत्रमा धेरै भन्दा धेरै गित गाएर आफ्नो परिचय बनाउन सफल भैसकेका गायक जयनन्द कलाकारिताको क्षेत्रमा पनि अघि बढिरहेको नाम हो ।

त्यस्तै पछिल्लो समय देशको अवस्था कोरोना भाइरसका कारणले भयाबह भैरहेको अबस्थामा नया नया फिल्म को सुटिंग भैरहेको छ भने फिल्म ‘अभियान’को सुटिंगका क्रममा नेपाली फिल्म क्षेत्रका एक चिर्चित कलाकार जयनन्द लामासंग छोटो कुराकानी भएको छ । उक्त चलचित्रमा आफ्नो नेगेटिभ अभिनय रहेको बताउने उनि संगको रमाइलो कुराकानी हेर्नुहोला

फिल्म ‘अभियान’मा जयनन्द लामाले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । अन्य निर्माण टिमहरुसंग काम गर्दा र उक्त टिमसंग काम गर्दाको अनुभब सुनाउदै उनि भन्छन ‘अरु चलचित्रको टिम र यसमा फरक छ, किनकि यो चलचित्र ठुलो र महत्त्वपूर्ण कथा बोकेको चलचित्र हो तर यसको कथा बस्तुहरु र काम गर्ने सहकर्मीहरु अलिक पृथक छन् र काम गर्न धेरै सजिलो भयो । ‘

तपाईको प्रतिक्रिया