ईटहरी/नेपाली सांगीतिक क्षेत्रमा नया नया गित संगीतको स्वाद दर्शकमाझ चखाउने होडबाजी चलिरहदा गायक
महेश काफ्लेले केहि समय अगाडी ‘माया बिरानी’ बोलको गीतको भिडियो सार्बजनिक भएको थियो जसलाई दर्शकहरुले धरै भन्दा धेरै मन पराएका थिए भने उक्त गीतको भिडियोमा महेश काफ्ले, नाजिर हुशेन र स्वस्तिमा खड्का फिचर्ड थिए। सोहि गीतको अपार सफलता पछि गायक महेश काफ्लेले ‘माया बिरानी २, तातो गोलि’ बोलको गित सार्बजनिक गरेका छन्।

उक्त गीतमा महेश काफ्ले र मेलिना राइको स्वर सुन्न सकिन्छ भने सार्बजनिक भएको छोटो समयमा नै उक्त गीतको भिडियो युटूब ट्रेण्डिङ्गको ५ नम्बरमा पर्न सफल भएको छ। आसिम शाहको निर्देशमा बनेको उक्त भिडियोलाइ धेरै दर्शकहरुले मन पराएका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिन भ्याइसकेका छन्। भिडियो हेर्नुहोला

सार्बजनिक गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, पुस्कर गुरुङ, महेश काफ्ले लगाएतका कलाकारको अभिनय रहेको छ भने सर्बजनिक गीतमा सब्द तथा संगीत महेश काफ्लेको रहेको छ। म्युजिक एरेञ्ज उदयराज पौडेलको रहेको छ भने प्रविन सिङ्गको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई हरि हुमागाईले खिचेका हुन भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया