इटहरी /गायक शैलेन्द्र मुडवरीको स्वरमा रहेको ‘घुम्न जाउन’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । गीतमा राम सिटौलाको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारीको एरेन्ज छ ।

डान्सिङ विटको गीतको भिडियोमा सरोज अधिकरी र आश्मा विश्वकर्मासँगै चर्चित डान्स ग्रुप कार्टुन क्रूजको टिमको नृत्य रहेको छ । गीतमा आश्माप्रति सरोजको प्रेमभाव व्यक्त गरिएको छ भने भिडियो धेरै मेहेनतका साथ निर्माण गरिएको हुनाले सबैले मन पराउन सक्ने अनुमान लगाउन सकिन्छ। भिडियो

ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोलाई सरोज अधिकारीले सम्पादन गरेका हुन् । सरोजकै निर्देशन रहेको गीतमा सरोज र पेम्बा मगरको कोरियोग्राफी छ । यूट्युब रिलिजसँगै गीतले ट्रेन्डिङ यात्रा सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया