काठमाडौं /गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र बिदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो।

बिदुर गिरिको शब्द रहेको उक्त गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन । जसलाइ राम केएसीले निर्देशन गरेका छन। भिडियो हेर्नुहोला:

श्याम स्वेत रसाइलीले मिक्सिंग तथा मास्टरिङ्ग गरेको उक्त गीतको भिडियो छत्र भुमि म्युजिक नामक युटूब च्यानलमार्फत सार्बजनिक गरिएको छ भने उक्त गीतको भिडियोलाइ सुनिल क्षेत्रीले कोरियोग्राफ गरेका छन्।

तपाईको प्रतिक्रिया