इटहरी /गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ। यो एउटा युवाको कथा हो जस्ले साथीभाईको लहै लहैमा लागेर मदीरा अनी नसाजन्य पदार्थको कुलतमा फसेर आफ्नो घरबार,धन सम्पत्ति र जीवनै बर्बाद गर्न पुग्दछ।

यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ। गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन्। भिडियो धेरै मेहनत का साथ निर्माण भएको छ भने सन्देशमुलक पनि छ।

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्। नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु तामांगको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्देशक चन्दकै सम्पादन समाबेस रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।

तपाईको प्रतिक्रिया