इटहरी /कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट नेपाल लगाएतका अन्य धेरै देशको अबस्था भयाबह भईरहेको बेला हाँस्य कलाकार तथा गायक हरिवंश आचार्यले कोरोना महामारीको दोश्रो लहरको चपेटबाट बच्नको लागि सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ ।

हरिवंश आचार्यले ‘अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै, यइ जुनीमा कोरोना बाट बचौ है’ अर्थात् अर्को जुनी कसैलाई पनि थाहा नभएको र यई जुनीमा कोरॊनाबाट बचौ र अरुलाई पनि बचाउका लागि सजग हुन आग्रह गरेका छन् । पछिल्लो समय धेरै कलाकारलाई कोरोना देखिएसंगै केही कलाकार भने कोरोनाबाट मुक्त समेत भैसकेका छन्।

उनले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको यो गीतलाई २२ हजार भन्दा बढीले शेयर गरेका छन् । अधिकांशले यो बिषम परिस्थितीमा एक कलाकार भएको नाताले कोरोना सम्बन्धी जनचेतना जगाएको भन्दै हरिवंशको प्रशंसा पनि गरेका छन् । गतबर्ष आफै कोरोना संक्रमित भएका हरिवंशले कोरोनालाई सामान्य रुपमा नलिन पनि अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया