इटहरी /कृषीकर्मी तथा चलचित्रकर्मी गुल्मीका रेशम जङ्ग शाहले गैरआवासिय नेपाली संघ अमेरिकाको न्युयोर्क राज्यको सचिव पदमा उम्मेद्बारी दर्ता गराएका छन् । सन् २०१८ मा पारिवारिक आप्रबासी भिसामा अमेरिका पुगेका शाहको परिवार फ्लोरिडामा छन् भने उनी नेपालमा रहदा ठकुरी सहयोग संजाल नामक सस्था मार्फत बिभिन्न समुदायमा सेवामुखी कार्यमा संलग्न थिए ।

ठकुरीहरूको बिस्वब्यापी साझा संगठन ठकुरी सहयोग संजालका सस्थापक अध्यक्ष शाहसंग युएनडिपीको एचाईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव छ। २०७२ को महा भुकम्पमा पनि शाहले नेतृत्वदायी भूमिका निर्वाह गर्दै राहत, उद्दार तथा पुनर्वाबासका कार्यहरू गरेका थिए ।

जसअन्तर्गत काभ्रे, र सिन्धुपाल्चोक जिल्लामा तामांङ् र मगर तथा दलित समुदायका लागि ५२ ओटा अस्थाई आवास निर्माणको कार्य शाहकै नेतृत्वमा भएको थियो। गोरखा, लमजुंग, तनहु र नुवाकोटमा समेत उनको नेतृत्वमा भुकम्प पिडितहरूका लागि तत्काल राहत सामग्री उपलब्ध गराईएको थियो।

दरबार कृषी तथा पशुपंक्षी फार्मका प्रमुख संचालक रहेका उनि एक सफल चलचित्रकर्मी समेत हुन। नेपाली कला संस्कृतीको संरक्षण तथा लुकेका सिर्जना प्रस्फुटनका लागी अमेरिकामा बसेर नेपाली टेलिसिरियल बनाउने योजनामा रहेको उनले बताएका छन् । नेपालको चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म्स अन्तर्गत निर्माता तथा निर्देशक सन्तोष सेन संग पनि काम गरिसकेका छन्।

चलचित्र प्रेम गीतका सेरिज तथा चंखे शंखे पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको रुपमा पनि काम गरिसकेका छन्। केही नया योजना लिएर गैर आवासिय नेपाली संघको निर्णायक तहमा प्रवेश गर्ने दाउमा रहेका शाहलाई विस्वका नेपालीहरूले आशाको नजरले हेरेका छन्।



तपाईको प्रतिक्रिया