इटहरी /नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा अभिनय गरेका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । उक्त गितको भिडियो सार्बजनिक भएको केहिदिन पर नगर्दै युटूब ट्रेण्डिङ्ग यात्रा सुरु छ।

भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् भने सार्बजनिक उक्त म्युजिक भिडियोलाइ १ लाख ९४ हजार भन्दा बढीले हेरिसकेका छन्। भिडियो हेर्नुहोला :

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् ।

तपाईको प्रतिक्रिया