इटहरी /गायक टंक बुढाथोकी र करोडौ दर्शकको मन मुटुमा बस्न सफल सुमधुर स्वरकी धनि गायिका मेलिना राईको स्वरमा रहेको ‘करकर करकर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर आचार्यको शब्द रचना रहेको उक्त गीतमा गायक बुढाथोकी स्वयंले संगीत भरेका छन् ।

नवराज उप्रेतीको छायांकन रहेको सार्बजनिक गीतको भिडियोमा राज आचार्य र उषा उप्रेती फिचर छन् । गीतले राज र उषाको प्रेमभाव बोल्छ । नविन निरौलाको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टको निर्देशन छ । भिडियो

सार्बजनिक म्युजिक भिडियोलाई टंक बुढाथोकी को अफिसियल युटूब च्यानलमार्फत् सार्बजनिक गरिएको छ भने गीतको भिडियो निकै मेहेनतका साथ निर्माण गरिएको छ। सो म्युजिक भिडियो १ लाख ७५ हजार भन्दा बढीले हेरिसकेका छन्।

तपाईको प्रतिक्रिया