इटहरी /माता तिर्थ औशिको अवशर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डेको ‘मेरी आमा’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्बजनिक भएको छ । इटहरीमा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन।

उक्त सार्बजनिक गीतमा अस्मिता पाण्डेको आफ्नै सब्द संगीत रहेको छ भने उक्त गीतको संगीत संयोजन चर्चित संगीत संयोजक सरोज श्रेष्ठले गरेका छन। उक्त गीतको रेकर्ड बिट्स रेकर्ड स्टूडियो विराटनगरमा गरिएको थियो भने इटहरीमा रहेको ड्रिम्स फोटोग्राफी बाट सम्पादन भएको हो । भिडियो हेर्नुहोला

गीतको छायांकन सुशील भट्टराई र प्रो निफोली ले गरेका छन् भने इडिटिङ्ग र कलरिंग संयोग जंग बिस्टले गरेका हुन। चाडपर्ब र आधुनिक गित बजारमा ल्याइरख्ने गायिका अस्मिता पाण्डेको पछिल्लो समयमा निकै चर्चा पनि बढेको छ।

तपाईको प्रतिक्रिया