इटहरी /गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु, मंगली, सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको स्वर तथा हरी लम्सालको संगीत रहेको छ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरेले अभिनय गरेको छन्।
अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। भिडियो

सार्बजनिक म्युजिक भिडियोलाई भाका इन्टरटेनमेन्ट नामक युटूब च्यानलमार्फत सार्बजनिक गरिएको छ। उक्त भिडियोलाई ३० हजार बढीले हेरिसकेका छन् भने भिडियो धेरैले उक्त भिडियो हेरेर सकारात्मक प्रतिक्रिया समेत दिएका छन्।

तपाईको प्रतिक्रिया