ईटहरी/ विवाह पछि प्रायः सेलिब्रेटीहरुको सामाजिक संजालमा निकै चर्चा र आलोचना हुने गरेको छ । यो प्रक्रिया कलिउड, बलिउड, हलिउड लगायत सबै सिने उधोगमा हुने गरेको छ । पछिल्लो समय विवाह बन्धनमा बाधिएकी बलिउडकी चर्चित गायिका नेहा कक्कडको विवाह समारोह देखि हनिमुन मनाएको सम्मको कुराले सामाजिक संजाल निकै तात्यो । उनका फ्यानहरुले यी कुराहरुलाई निरन्तर फलो गरिरहे । तर, यतिबेला यी २ को एकअर्काबिच हा त पा त भएको कुरा सार्बजनिक भएको छ ।

जसको प्रमाण एक भिडियोले बताउछ । जुन यतिबेला सामाजिक संजालमा भाईरल भैरहेको छ । आफ्ना श्रीमान रोहन प्रित सिंहसँग आफ्नो वैवाहिक जीवनको सातौ महिना पूरा गरिरहदा यस्तो भिडियो बाहिरिएको हो । समाचार झुट हैन, खबर सत्य नै हो । यो भिडियोको कारण उनका फ्यानहरु अचम्ममा परिरहेका छन् । भिडियोमा यो जोडी हा त पा त गरिरहेको देखिएका छन् । सार्बजनिक भिडियोमा नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।

रोहनको यस्तो व्यवहार देखेर नेहालाई रिस उठ्छ र उनले पनि रोहनलाई कु ट्छि न् । र त्यहा बाट हिड्छिन । यदि तपाईंले विवाहको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् । यो भिडियोलाई नेहाकै ईन्स्टाग्राम एकाउन्ट बाट सार्बजनिक गरिएको छ । जहाँ उनले #khadTenuMainDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।

तपाईको प्रतिक्रिया