ईटहरी/ नेपाली म्युजिक भिडियोमा पछिल्लो समय फिल्मका अभिनेता तथा अभिनेत्रीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । कोरोना महामारीका कारण सिनेमा क्षेत्र ठप्प भएपछी फिल्मका कलाकारहरु यतातिर पनि बढि मात्रामा देखिन थालेको हो । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्का र उनका श्रीमान अर्थात निर्देशक तथा कलाकार निश्चल बस्नेत अभिनित एक भिडियोले छोटो समयमै युट्युबमा राम्रो भ्युज पाएको छ ।

माया बिरानी हिट भएपछी यसको दोश्रो भागको रुपमा ‘तातो गोलि’ सार्बजनिक भएको हो । सोहि गीतले यतिबेला युट्युबमा ५२ लाख बढि भ्युज पाएको हो । यो समाचार तयार गर्दै गर्दा भिडियोलाई ५२ लाख ६९ हजार बढि पटक हेरिएको छ भने १ लाख २९ हजार बढिले लाईक गरेका छन् । २२ सयको हाराहारीमा सकारात्मक प्रतिक्रिया पाएको यो भिडियोलाई डिसलाईक गर्नेको संख्या ४ हजार ५ सय छन् ।

यो गीतको अडियो क्लिप तथा भिडियोहरु फेसबुक र छोटो भिडियो साझेदारी साईट टिकटकमा समेत भाईरल छ । लाखौ टिकटका प्रयोगकर्ताहरुले यो गीतको अडियो क्लिप प्रयोग गर्दै टिकटक बनाएका छन् । १ साता अघि सार्बजनिक सो भिडियो यतिबेला युट्युब नेपाल ट्रेण्डिङ्गको पनि दोश्रो स्थान कब्जा गरिरहेको छ । यसको पहिलो भाग माया बिरानिले पनि राम्रो सफलता कमाएको थियो भने भिडियोमा निश्चल र स्वस्तिमाकै जोडी फ़िचर्ड गरिएको थियो ।

तातो गोलीलाई महेश काफ्ले र मेलिना राईले स्वर दिएका छन् भने शब्द संगीत पनि गायक महेशकै हो । भिडियोलाई प्रभिन शिहले कोरियोग्राफी गरेका छन् । हरि हुमागाईले खिचेको भिडियोमा निश्चल र स्वस्तिमाको अलावा पुस्कर गुरुङ र गायक काफ्ले पनि फ़िचर्ड छन् । अशिम शाहले निर्देशन गरेको भिडियोलाई लोकेश ब्रजाचार्यले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया