ईटहरी/ अनलाइन मिडियाको नाममा डलरको खेती गर्ने धेरै अ बै धा नि क अनलाइनहरु नेपालमा पछिल्लो समय फस्टाएको छ । मिडिया तथा पत्रकारिता नै नबुझेका यस्ता अनलाइनले गलत तथा भ्रा म क सन्देश फैल्याएर नेपालिको आखामा छारो हालिरहेका छन् । यसको पछिल्लो उदाहरण हुन कलाकार रश्मि भट्ट । उनी यहि भ्रा म क सन्देशको चपेटामा परेकी छन् । मातातिर्थ औशीको दिन सार्बजनिक उनी अभिनित एक म्युजिक भिडियोका कारण उनलाई श्र द्धा ञ्ज ली दिनेहरुको ओईरो नै लाग्यो ।

यसको एकमात्र कारण हो, अ बै धा नि क रुपमा संचालित डलरको खेती गर्ने अनलाईन माध्यम । जसले म्युजिक भिडियोमा भएको एक दृश्यलाई आधार मानेर भट्टको नि ध न भएको खबर छाप्यो । त्यसपश्चात् सो खबर बिस्तारै भाईरल भयो । छोटो भिडियो साझेदारी साईट टिकटकमा पनि यो खबरले स्थान पाउन थालेपछि जि उ दै रहेकी रस्मिलाई त ना ब भयो ।

आफ्नो त्यस्तो खबर भाईरल भएपछि उनी मात्रै हैन उनका आफन्त, सुभचिन्तक तथा फ्यानहरुमा पनि त ना ब पैदा भयो । अन्ततः उनले प्रेस काउन्सिलमा उ जु री हालिन् । केही अनलाइनलाई काउन्सिलले ब न्द गरेपनी आफु आजिवन सदस्य रहेको “नेपाल चलचित्र कलाकार संघ” ले वास्ता नगरेपछि भट्टले मन दुखाईन् । अन्ततः कलाकार संघले उनको यो बिषयमा एक बिज्ञप्ति जारी गरेको छ । जुन यस्तो रहेको छ ।

प्रेस विज्ञप्ती “हालै केही अनलाईनमा अभिनेत्री रश्मी भट्टले अभिनय गरेको म्युजिक भिडिओको समाचारमा आ प त्ति ज न क शिर्षक राखि गरिएको दुष्प्रचार प्रति नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । समाचारको नाममा भैरहेका यस्ता कृयाकलापको हामी घोर भर्त्सना गर्दछौं । संचारकर्मीबाट यस्ता दुष्प्रचार हुनै सक्दैन । संचार क्षेत्रकों आबरणमा गरिएको यस्ता गतिविधि संचालन गर्ने संयन्त्र र गिरोहलाई संबन्धित निकायले क डा भन्दा क डा का र्बा ही गरोस भन्ने जोडदार माग पनि गर्दछौ । संघले यस्ता कृयाकलाप सम्वन्धमा सदैव आवाज उठाउदै आएकोछ ।

यस सम्वन्धमा पनि २०७८/१/२९ गते बिभिन्न माध्यमबाट भर्त्सना गरेको पनि हामी स्मरण गराउन चाहन्छौ । प्रस्तुत बिषयलाई लिएर प्रेस काउन्सीलले केही अनलाईनलाई नेपाल भित्र खारेज गरेकोलाई हामी स्वागत गर्छौ र यस्ता दुष्प्रचार रोकथाम गर्न बिद्युतिय अ प रा ध को नियम अनुसार सजायकालागि नेपाल चलचित्र कलाकार संघ माँग गर्दछ । -मोहन निरौला, उपाध्यक्ष तथा प्रबक्ता, नेपाल चलचित्र कलाकार संघ ।” यस्तै यस बिषयमा प्रेस काउन्सिल नेपालले यस्तो बिज्ञप्ति जारि गरेको छ :

तपाईको प्रतिक्रिया