ईटहरी/ नेपालमा कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणसँगै कलाकार पनि अछुतो रहन सकेका छैनन् । कुनै न कुनै माध्यमबाट उनीहरु संक्रमित भइरहेका छन् । कोरोनाको चपेटामा हास्य कलाकार शिवहरी पौडेल पनि परेका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यतिबेला उनको नैकापस्थित एपिअफ हस्पिटलमामा उपचार भइरहेको जानकारी प्राप्त छ । अस्पताल भर्ना भएलगत्तै श्वासप्रश्वासमा समस्या आएपछि अहिले उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा कुनै पनि जटिल समस्या नरहेको बताइएको छ ।

कलाकार पौडेललाई दर्शकले ‘प्वाक्क मुखमा हानु जस्तो’ थेगोबाट चिन्ने गरेका छन् । उनले लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा काम गरेका थिए । पछिल्लो समय उनी चलचित्र अभिनयमा व्यस्त छन् । उनले चलचित्र ‘लक्का जवान’ बाट निर्देशनमा पनि डेब्यू गरेका छन् । जुन प्रदर्शनको पखाईमा रहेको छ ।

तपाईको प्रतिक्रिया