ईटहरी/ अभिनेता अनमोल केसीलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुबोध चोपडाको नि ध न भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा नि ध न भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि चलचित्रको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना पुष्टि भएपछि चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा नि ध न भएको हो ।

निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण नि ध न भइसकेको जानकारी प्राप्त छ । उनी चलचित्रको तयारीका लागि यही बैशाख १६ गते नेपाल आउने तयारीमा थिए । तर, त्यही बेला कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । ‘माइतीघर २’ को कथा उनी स्वयंले लेखेका हुन् । अभिनेता अनमोल केसीले फेसबुकमार्फत् निर्देशक चोपडाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तपाईको प्रतिक्रिया