काठमाडौं/ छोटो समयमा सफलता हासिल गर्ने मोडलमा पर्छिन् रियाशा दाहाल । उनको वेब सिरिज हुँदै म्युजिक भिडियो मोडलिङमा प्रवेश गरेकी दाहालले पछिल्लो समय दर्जनौ भिडियोमा अभिनय गरिसकेकी छन् । अभिनेता पल शाहसंग धेरै भिडियोमा अभिनय गरेपछि सुहाउने जोडि भन्दै उनको नाम शाहसंग पनि चर्चामा आयो । धेरैले रियलमा पनि जोडिको रुपमा हेर्न चाहे । तर, हाल सो कुराले बिट मारिसकेको छ ।

रियाशाको अभिनय रहेको म्यूजिक भिडियोहरुलाई दर्शकहरुले धेरै मन पराएका छन् । सौन्दर्यता संगै बोलिमा मिजासिलो स्वभाव भएकी उनलाई आफ्नो भिडियोमा फिचर्ड गराउन निर्माता निर्देशक पर्खाईमा हुन्छन् । नृत्य संगै अभिनयमा पनि अब्बल उनले नेपाली फिल्म ‘लक्ष्मी पुजा’ मा पनि अभिनय गरेकी छिन् । सामाजिक संजालमा सक्रिय रहने उनले बेलामौका आफ्ना तस्वीरलाई सार्बजनिक गरिरहेका हुन्छन् । जहाँ फ्यानको तारिफको ओईरो आउने गर्छ । हेरौ उनका सामाजिक संजालबाट लिइएका केही तस्वीरहरु ।


तपाईको प्रतिक्रिया