ईटहरी/ भिडियो साझेदारी साईट युट्युबमा ट्रेण्डिङ्गले निकै ठुलो महत्त्व राख्ने गरेको छ । अझ म्युजिक भिडियो लाई ट्रेण्डिङ्गमा ल्याउन त होडबाजी नै चल्ने गरेको छ । तर अबका दिनमा भने युट्युबले यसमा पनि केहि सहज बनाएको छ । ट्रेण्डिङ्गलाई ४ क्याटगोरीमा छुट्याएको छ । ‘संगीत’, ‘गेम’, ‘फिल्म’ र सबै । जसले गर्दा म्युजिक भिडियो, फिल्म र गेमको ट्रेण्डिङ्ग छुट्टाछुट्टै देखिने छ । यसले गर्दा एक विधाको भिडियोलाई अर्को विधाले पछाडि पर्नेछैन । तर, पुरानो ट्रेण्डिङ्गको शैली पनि यथावत नै छ । यतिबेला हामि कुरा गर्दै छौ म्युजिक क्याटगोरिको ट्रेण्डिङ्ग १ को ।

सबै मिक्स क्याटगोरिमा पनि केहि दिन पहिलो स्थान कब्जा गर्न सफल पशुपति शर्मा, सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याई र्‍याई’ यतिबेला म्युजिक क्याटगोरिमा ट्रेण्डिङ्गको पहिलो स्थान कब्जा गर्न सफल भएको छ । भिडियोले सार्बजनिकको १ हप्तामै २० लाख बढि भ्युज प्राप्त गरेको छ । यता भिडियोका क्लिप तथा अडियो क्लिपहरु सामाजिक संजालमा भाईरल भएका छन् । छोटो भिडियो साझेदारी साईट टिकटकमा यो गीतमा भिडियो बहाउनेहरुको लर्को चलेको छ ।

लाखौ भिडियोहरु यो गीतमा बनेको देख्न सकिन्छ । गायक शर्माकै शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानल ‘पशुपति शर्मा’बाट डिजिटल बजारमा ल्याएका हुन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । शर्माका प्राय गीतहरुले चर्चा पाउने गरेको छ । सार्बजनिक भिडियोलाई युट्युबमा लाईक गर्नेहरुको संख्या भने ६० हजार बढि छन् । झन्डै ३ हजारको हाराहारीमा कमेन्ट आएको छ भने अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया