ईटहरी/ फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीको बुवा रामबहादुर अधिकारीको सोमवार निधन भयो । उनी कोरोना संक्रमित थिए । संक्रमित भएकाले स्वास्थ्य मापदण्ड अनुसार उनको पशुपतिमा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारमा निश्चित ब्यक्तिहरु मात्र पुगेका थिए ।

अधिकारीको सोमवार निधन भएको हो । करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

अभिनेता तथा ज्योतिष हरिहरको निकै नजिक छन् नायीका नीता ढुंगाना, केहीले उनीहरुबीच प्रेम रहेको समेत दावी गर्छन । यद्धपी नीता र हरिहरले यो कुरालाई सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् । तर दुवैले आफुहरु निकै राम्रो साथी भएको बताउँछन् । नीताको हरेक काममा हरिहर साथमा हुन्छन् भने हरिहरलाई पनि नीताले साथ दिन्छिन् ।

हरिहर बुवाको मृत्युमा भावविह्वल हुँदा नीताले उनलाई निकै ढाडस दिएकी छन् । उनी पनि पशुपति पुगेकी थिइन् । भावुक भएका हरिहरलाई नीताले सम्हालेको भिडियोमा देख्न सकिन्छ । उनले एक छिन पनि हरिहरलाई छोडेकी छैनन् । तस्वीर-सामाजिक संजाल ।


तपाईको प्रतिक्रिया