मुम्बई/ अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले सुशान्तका साथी सिद्धार्थ पिठानीलाई पनि प क्रा उ गरेको छ । हैदरबादबाट प क्रा उ परेका सिद्धार्थ पिठानीलाई १ जुनसम्मका लागि एनसीबीको हि रा स त मा पठाइएको छ ।

अभिनेता सुशान्तले आ त्म ह त्या गर्ने क्रममा घरमा रहेका ४ जनामध्ये सिद्धार्थ पिठानी पनि एक हुन् । हैदरबादबाट प क्रा उ परेका सिद्धार्थलाई मुम्बई ल्याइएको छ । यस प्रकरणमा १६/२०२० मा एफआईआर दर्ताभएपछि हालसम्म ३५ जनालाई एनसीबीले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नु अगाडि नै एनसीबीले सिद्धार्थलाई समन पठाएपनि सम्पर्कमा नआएपछि प क्रा उ गरिएको हो । हैदरबादस्थित सिद्धार्थको घरबाट केही दस्तावेज र इलेक्ट्रोनिक प्रमाणहरु भेटिएको एनसीबीले जनाएको छ ।

त्यसोत, पछिल्लो साता मात्रै सिद्धार्थ पिठानीको विवाह भएको थियो । अभिनेता सुशान्तले झुण्डिएर आ त्म ह त्या गरेपछि सिद्धार्थ पिठानीको नाम मिडियामा चर्चामा रहँदै आएको थियो । अब एनसीबीले सिद्धार्थ पिठानीलाई ला गू औ ष ध बारे सोधपुछ गर्ने भएको छ । क्रिएटिभ आर्ट डिजाइनर सिद्धार्थ पिठानी दिवंगत सुशान्तको सबैभन्दा नजिकका साथी थिए ।

तपाईको प्रतिक्रिया