ईटहरी/ गायिकीसंगै मोडलिङमा पनि नेपालका गायकहरु पछिल्लो समय अगाडि छन । धेरैले आफ्नै गीतमा मात्र अभिनय गरिरहेका छन भने केहिले अरु गायकका गीतहरुमा पनि अभिनय गरिरहेका छन् । यस्तै गायकमा पर्छन् प्रकाश सपूत । उनी आफैमा एक लोकप्रिय गायक हुन । तर पनि अभिनय मोह भएका उनी अरुका गीतहरूमा पनि मोडलिङ गर्छन् । आफ्ना गीतहरुमा प्राय: फरक आभास गराउन माहिर सपूतका हरेक गीतहरुले चर्चा पाएका छन् ।

गीतसंगीतको लोक र पप (ब्याटल) बिधामा उनले गीत निकाल्छन् । र सबैले मिलियन भ्युज पाएको छ । जस्तो गीतमा पनि स्वर दिन सक्ने उनको पछिल्लो समयको “फुटेका चुरा” बोलको गीतले निकै चर्चा बटुल्यो भने केही साता सार्बजनिक गीत “मेरो पनि हैन र यो देश” ले पनि लोकप्रियता कमाईरहेको छ । कोरोनाका कारण फुर्सदिला भएका उनले बेला बेला सामाजिक संजालमा तस्वीर तथा केही पोस्टहरु गरिरहेका हुन्छन् । हेरौ उनले पछिल्लो समय सार्बजनिक गरेका आफ्ना केही तस्वीरहरु ।


तपाईको प्रतिक्रिया