काठमाडौं/ बलिउडका चर्चित कलाकार दीलिप कुमारको स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या भएपछि कलाकार दीलिप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

कलाकार दीलिप कुमारलाई सास फेर्न समस्या भएपछि हिन्दूजा अस्पतालमा भर्ना गरिएको श्रीमती सायरा बानुले जानकारी गराएकी हुन् । अहिले अस्पतालमा दीलिप कुमारको कुरुवापनि सायरा आफै बसेकी छन् ।

सन् २०२० को डिसेम्बरमा पनि स्वास्थ्यमा समस्या भएपछि दीलिप कुमारलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय स्वासप्रस्वासमा समस्या भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

डाक्टरका अनुसार उनको इम्युनिटी पनि कम हुँदै गएको छ । सायरा बानुका अनुसार १२ वर्षको उमेरमा दीलिप कुमारसँग प्रेम बसेको थियो । उनीहरुले उक्त प्रेमलाई विवाहमा परिणत गरेका थिए । मुम्बईको महबुब स्टुडियोमा दीलिप कुमार र सायरा बानुको पहिलो पटक भेट भएको थियो ।

तपाईको प्रतिक्रिया