ईटहरी/ टिकटक स्टार बिजय पुनले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिकटकमा आफ्नो दमदार डाइलक पत्थरको मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् । कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका बिजयले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । यतिबेला नेपाली सांगीतिक बजारमा बिजय पुन नचिन्ने कमै होला, जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो ! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन ।

कोरोना भाइरसको त्रास विश्वभर फैलिएसँगै नेपालमा पनि हजारौ नेपालीहरुले पनि ज्यान गुमाई सकेका छन् । करिब डेढ महिना अघिबाट सरकारले लकडाउन जारी गरेका छन् । यसैबीच, बिजयले सामाजिक दुरी कायम गरेर निर्माण गरिएको ‘उसको त बिहे भयो रे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको गीत ‘उसको त बिहे भयो रे’ गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । हेर्नुस भिडियो

भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषी खड्काको संगीत (पत्थरको मुटु) बिजय पुनको उत्कृष्ट शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् । भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुले साथ दिएका छन् । कथा-निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मले सम्पादन गरेका हुन् । ‘उसको त बिहे भयो रे’ बोलको गीत विजय पुनको ‘पत्थरको मुटु’ अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया