ईटहरी/ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि श्रेष्ठलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ । एन्जियोप्लास्टीपछि उनको स्वास्थ्यमा सुधार भएको छ ।

आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको र अहिले स्वास्थ्य अवस्था अलि ठिक भएको जानकारी छ । आज मंगलबार डिस्चार्ज हुने सम्भावना प्रवल रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया