ईटहरी/ नेपाली साङ्गितिक श्रोताहरु माझ एक उज्वल भबिस्य बोकेको नव गायिकाको आगमन भएको छ, आयाला चापागाई । आफ्नो पहिलो डेब्यु गीत ‘कसरी भयो प्यार’को भिडियो युट्युबमा सार्बजनिक गर्दै उनले सांगीतिक सपना औपचारिक रुपमा पुरा गर्न सुरु गरेकी छन् । सार्बजनिक गीतमा उनको स्वरसंगै आफ्नै शब्द संगीत रहेको छ । बर्दियाबासगडी निवासी आयला चापागाई बिगत ४-५ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत छिन । मुर्छना संगित बिधालयबाट ज्ञान हासिल गरेकी आयला शास्त्रीय सङ्गीत लगायत लोकपप, आधुनिकमा पनि उतिकै रुचि राख्छिन ।

गित सङ्गीत साधनामा निरन्तर लागि रहने आयला हसिलो स्वभाव मिलनसार, परिश्रमी, धर्यतावान, साधानाकर्मि तथा बहु प्रतिभाकि धनि छन् । धेरै गितमा शब्द र सङ्गीत दिईसकेकी आयलाको यो ‘कसरी भयो प्यार’ बोलको गीतको भिडियोमा निकै मेहनत र उत्कृष्ट बनाउनलाई कुनै पनि सम्झौता नगरिएको उनले बताईन् । हेर्नुस भिडियो यस्तो बनेको छ ।


गितको सङ्गीत संयोजन तथा रेकर्डिङ्ग सुरथ प्रधानले गरेका छन् भने अडियो मिक्सिङ्ग मित्र लामाले गरेका छन् । उक्त गितको रेकडिङ्ग कमलपोखरी स्थित सुर संगम स्टुडियोमा रेकडिङ्ग गरियेको हो । भिडियोको छायांकन भने मनोरम स्थल धुलिखेलमा गरिएको हो । भिडियोलाई मंदिल श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन रे राम थापाले गरेका हुन् । भिडियोमा गायिका स्वयं फ़िचर्ड भएकी छन् भने उनलाई अभिनयमा मोडल राजेश शाहले साथ् दिएका छन् । सुर संगम रेकडिङ्ग द्वारा प्रस्तुत अडियोको भिडियोलाई ओएसाअर डिजिटल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया