- सुवास संकल्प

ईटहरी/ देश अहिले कोरोना महामारीका कारण थलिएको छ । संगै चलचित्र क्षेत्रलाई पनि नराम्ररी असर गरेको छ । पुरानो रुपमा चलायमान हुन निकै समय लिने विष्लेषकहरुको भनाई छ । महामारीका कारण चलचित्रकर्मीहरु कामविहिन छन् । प्राविधिकहरु र कहि कलाकारहरू यसको प्रत्यक्ष मारमा परेका छन् । तर, पनि केन्द्र काठमाडौमा रहेका केही कलाकारहरूले सहयोगी हातहरु उठाईरहेका छन् । समस्यामा परेका चलचित्रकर्मी तथा प्राविधिकहरुलाई सहयोग गरिरहेको अवस्था छ । यसै पेरिफेरीमा प्रदेश १ मा चाहिँ के हुदैछ ? यहाका चलचित्रकर्मीहरुले निषेधाज्ञामा के गर्दैछन् त ? हामिले यसको जवाफ लिएका छौ ।

१. अरुण कुमार प्रधान – निर्देशक / अध्यक्ष: चलचित्रकर्मी महासंघ प्रदेश १

प्रदेश १ का कलाकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को अध्यक्ष रहेका अरुण कुमार प्रधान हाल सुनसरीको धरानमा छन् । सुनसरीकै ईनरुवा मुल घर रहेको प्रधान लामो समयदेखि प्रदेश १ मै रहेर चलचित्रकर्मीको रुपमा कार्यरत छन् । उनले निर्देशकको रुपमा विभिन्न अवार्ड समेत हात पारेका छन् । कोरोनाको पहिलो चरणमा उनी सहित परिवार नै संक्रमीत भएक थिए । सो बेला पनि उनले सहयोगका कार्यहरु गरेका थिए भने २२ जना प्रदेश १ का चलचित्रकर्मीहरुको कोरोना बिमा उनले गराएका थिए । हाल दोश्रो चरणमा उनले रक्तदान र प्लाज्मा बिरामिहरुलाई सहयोग गरे । त्यस्तै प्रदेश १ का चलचित्रकर्मीहरुको लागि महासंघको तर्फबाट उनको नेतृत्वमा ‘हातेमालो अभियान’ सुरु गरेका छन् । उनी निर्देशक समाज केन्द्रको सचिब समेत हुन् । ३ दसकअघि सडक नाटक निर्देशन गर्दै यात्रा थालनी गरेका उनले स्टेज नाटक, म्युजिक भिडियो, डकुमेन्ट्री हुँदै फिल्म निर्देशन तर्फ होमिएका थिए । अभिनयमा पनि शैखिन उनले २०१० मा लिम्बू चलचित्र ‘फुवाङ्गमा’ निर्माण गरेका थिए । उनले क्याबिन गर्ल, टिनएजर, थारु चलचित्र रोमहर जिन्दगी, यो साईनो मायाको, १२ नेपाली १ चिहान लगायत फिल्म निर्माण तथा निर्देशन गरेका थिए ।

२. लाखमान योन्जन – निर्माता / निर्देशक

प्रदेश १ मा रहेर फिल्म उत्पादन कम्पनीको नाम लिदा पहिलो नम्बरमा आउने गरेको छ ‘कोशी भिजन फिल्मस’ । यसै कम्पनीका सन्चालक तथा निर्माता, निर्देशक तथा लेखक हुन लाखमान योन्जन तामाङ । फिल्मसंग सम्बन्धित प्रायः सबै सामानहरु रहेको यो कम्पनीमा यतिबेला काम शून्य छ । कोरोनाले चलचित्र नगरी थला पर्दा यो कम्पनी पनि थला परेको लाखमान सुनाउछन् । आफ्नै कम्पनीबाट छायांकन हुँदै गरेको फिल्म “अभियान” पनि यहि महामारीका कारण पुर्ण छायांकन हुन नपाएको र अहिले जति छायांकन भएको छ, त्यसको पोस्ट प्रोडक्सनको काम भैरहेको उनले बताए । यो बाहेक निषेधाज्ञामा बेलाबेला क्यामेरा लगायत सामानहरुको रेखदेख र घरको लागि समय दिनु बाहेक केही नरहेको योन्जन बताउछन् ।

३. बिजय सुब्बा – कलाकार / निर्देशक

उनी पुराना कलाकार हुन् । धरान निवासी सुब्बा अनाम नाट्य समुहमा आवद्ध थिए । बिचमा यो क्षेत्रबाट हराएपनी उनको सक्रियता फेरि पछिल्लो समय बढिरहेको छ । आफ्नै ठाउँ प्रदेश १ बाटै यात्रा अघि बढाईरहेका उनले कलाकार संगै निर्देशकमा पनि आफ्नो छवि बनाएका छन् । कोरोनाको पहिलो चरणमा उनको अग्रसरतामा देश बिदेशबाट विभिन्न सहयोग दाताहरुसंग सहकार्य गरेर ‘धरान नाटकघर उपभोक्ता समिती’को व्यवस्थापनमा राहत वितरण गर्ने काम गरेका थिए ।

तर हाल दोस्रो चरणको महामारीमा आफ्नै घरमा बसेर आफु र परिवारलाई सुरक्षाको सबै मापदण्ड अपनाउदै आईसुलेट भएको उनले बताए । सुब्बालाई प्रायजसो एकान्तमा बस्न मन पर्छ भने एकाग्रता रहेर क्रियटिभ कामहरु गर्न मनपर्छ । त्यसैको फलस्वरुप अहिले आफुलाई अपग्रेट गर्ने क्रम रहेको हामिलाई बताए । साथै अहिले सुब्बाले एक फिल्मको स्क्रिप्टमा फाइनल ड्राफ्टको काम भैरहेको जानकारी गराए । त्यस्तै केही नयाँ प्रबिधी सिक्ने उद्देश्यले दक्षिण एसिया र मध्य पूर्वीको उत्कृष्ट फिल्महरु र अभिनय सम्बन्धी ‘सेनफोर्ड माईजनर प्रबिधी’को अध्ययन पनि गरिरहेको उनले सुनाए । पछिल्लो समय काठमाडौमा अभिनयको प्रशिक्षण पनि गराउथे ।

४. भिम लामा – निर्माता / निर्देशक

फिल्म निर्माणमा हात हाल्नु चुनौती नै छ नेपालमा । काठमाडौमा बसेर मुलधारको चलचित्र र प्रदेशमा बसेर चलचित्र बनाउनुमा पनि धेरै अन्तर अनि अवरोधहरु हुने गर्छ । तर, बिगत लामो समयदेखि प्रदेश १ को ईटहरीमै बसेर चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय भिम लामा पनि यो कोरोनाको कहरका कारण खाली नै छन् । यो खाली समयको सदुपयोग गर्दै उनी नेपाली साहित्यका किताबहरु पढ्दै छन् । साथै भिडियो साझेदारी साईट युट्युबमा ओस्कार अवार्ड जितेका विभिन्न फिल्महरु हेरिरहेका छन् । जसका कारण उत्कृष्ट फिल्म निर्माणमा सहयोग मिल्ने उनी बताउछन् । यता यहि निषेधाज्ञको समयमा ‘पिएचडि’ नामक एक फिल्मको कथा पनि तयार भएको उनले जनाए । बाकी रहेको समयमा उनी आवद्ध चलचित्रकर्मी महासंघ प्रदेश १ ले दिएको जिम्मेवारी तथा नेपाल आदिवासी जनजाति चलचित्रकर्मी संघ प्रदेश १ को बिधान लेखन र संगठन निर्माण गर्न जुममार्फत मिटिङमा सहभागी भैरहेको उनले जानकारी गराए ।

५. सन्तोष सरकार – निर्माता / निर्देशक

भाषागत फिल्महरु प्रदेश १ मा निकै बन्ने गरेको छ । मैथिली र भोजपुरी चलचित्र उधोगमा कहलिएको नाममा पर्ने गर्छ सन्तोष सरकार । तर नेपाली चलचित्र तर्फपनी उनको लगाव त्यतिकै छन् । विभिन्न भाषागत फिल्म, टेलिफिल्म, म्युजिक भिडियो निर्माण निर्देशनमा सक्रिय सरकार कोरोना महामारीले निषेधाज्ञा भएपछि घरमै थुनिए । उनले घरमा भएका साना केटाकेटी र रोगग्रस्त आमाबाबुलाई हेरचाहमा प्रसस्त समय दिइरहेका छन् । घरबसाई क्रममा उनले अरूवेला गर्न नभ्याउने काम जस्तै: बिभिन्न परिकार बनाउने, गमलामा फुल संगै तरकारी, साग उब्जाउने प्रयास गर्ने र बाँकी समय लेखन तर्फ दिने गरेको उनले बताए । चलचित्रकर्मी अरू वेला आफ्नै करियर बनाउन व्यस्त हुने भएकोले लकडाउनलाई सदुपयोग गरेर आफन्तलाई सम्झेर फोन गर्ने, नजिक छ भने भेटघाट गर्ने, थोरै समय दिएर हालखबर सोधपुछ गरेर सम्बन्धलाई ताजापन दिन सकिन्छ भन्दै उनले सुझाएका छन् । सन्तोष पछिल्लो समय राहत लिदा चर्चामा पनि आए । राहत लिदै गरेको तस्विर र सो संग सम्बन्धित उनको स्ट्याटसले गर्दा उनी मिडियाको नजरमा परे । आफ्नो छुट्टै ईतिहास बनाईसकेका सन्तोषले त्यसरी राहत लिदै गरेको तस्विर सामाजिक संजालमा नहालिनु पर्थ्यो भन्दै सिनेकर्मीबिच नै तस्विरको आलोचना भएको थियो ।

६. माधव केसि – अभिनेता

लामो समयदेखि प्रदेश १ को ईटहरीमै रहेर कलकारिता गर्दै आएका अभिनेता हुन माधव केसि । उनी यहाको सफल मध्येका एक अभिनेतामा पर्छन् । पछिल्लो समय उनले माक्स उत्पादन गर्ने उधोग पनि संचालनमा ल्याएका छन् । कोरोनाले चलचित्र क्षेत्र ठप्प भएपछि उनी पनि कामविहिन भए । यो निषेधाज्ञामा उनले केही सहयोगी कार्य गरेका छन् । उनले ब्यक्तिगत रुपमा छोटो दुरिको यात्रीहरुलाई आफ्नो गन्तव्यसम्म निशुल्क छोड्ने गरेको हामिलाई बताए ।

खान अभाव भएकाहरूलाई सहयोग गर्नेदेखी बिरामी जनवारहरुलाई उनले उद्धारका कार्य गरिरहेका छन् । यस्तै केसिले अग्रपंक्तिमा रहेर सुचना प्रवाहमा खटिएका पत्रकार तथा सुरक्षाकर्मीहरुलाई माक्स वितरण गरेका थिए । यसका साथै उनी बिहान बेलुकी आफ्नो ब्यायम र दिउँसो मास्क उधोगमा ब्यस्त हुन्छन् । उनले केहि युवायुवतिलाई रोजगारिको सृजना पनि गरिरहेका छन् ।

७. रेखा लिम्बू – मोडल / अभिनेत्री

उनी धरान निवासी हुन् । रेखा लिम्बू आफ्नो मोडलिङ यात्रासंगै धरानको सफल ब्यवसायीमा पनि पर्छिन् । बुटिकको ब्यवसाय गर्ने उनी आफू संगै दर्जन बढिलाई रोजगारी दिदैआईरहेकी छन् । कलाकारिताकै सिलसिलामा उनी काठमाडौमा पनि रहने गर्छिन् । युट्युबमा भ्लग बनाउन निकै रुचाउने रेखाले सामाजिक संजालमा राम्रै फलोअर्स कमाएकी छन् । कोरोनाले जारी निषेधाज्ञामा उनी अहिले आफ्नो निज निवास धरानै छिन् । यो समयमा आफ्नो ब्यवसाय, शारीरिक ब्यायाम तथा सामाजिक संजालमा विशेषगरि समय दिएको उनले बताइन् । छोटो समयमा उनले चर्चित गायकगायिकाको दर्जन बढी गीतमा मोडलिङ गरिसकेकी छन् भने उनले ‘तारेभिर’ फिल्मबाट एक्सन नायिकाको रुपमा डेब्यु गरेकी थिइन् । पछिल्लो समय उनी शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ मा पनि एक्सन अवतारसंगै देखिएकि थिइन् । सानै देखि अभिनयमा रुचि राख्ने उनले अभिनेता पल शाह संग फिल्म ‘हृदयभरी’मा पनि अभिनय गरेकी छन् ।

८. दिनेश कोईराला – अभिनेता / मोडल

पछिल्लो समय दिनेश कोईराला प्रदेश १ मा सक्रिय कलाकारको रुपमा चिनिदै छन् । सानै उमेरदेखि कलाकारिता तथा अभिनयमा रुचि रहेको उनले आधा दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । सानो छदा चलचित्र ‘कमाण्डो’ बाट चलचित्र अभिनयमा डेब्यु गरेका उनले प्रदेश १ बाटै बनेका मिराज, म पर्खिरहन्छु, फेक फ्रेन्ड, राम साइली, अभियानसंगै बिहे पासमा पनि उनको अभिनय रहेको छ । केही रिलिज भए, केही रिलिजको तयारी त केही छायांकन पुर्ण हुन बाकी छ । पछिल्लो समयको ब्यस्तता उनको महासंघमै रहेको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को महासचिवको पद सम्हालेका उनले कोरोनाका कारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मिहरुलाई सहयोग गर्न सुरु गरिएको “हातेमालो अभियान” मा ब्यस्त रहेको उनले सुनाए । त्यसबाहेक विभिन्न पुस्तक बढ्ने, फिल्म हेर्ने तथा शारीरिक ब्यायाम र घरपरिवारलाई सघाउने उनको दैनिकी रहेको बताए ।

९. रबिन श्रेष्ठ – निर्माता / निर्देशक

धरानमा रहेर आफ्नो ब्यवसाय संगै फिल्मी करियरलाई पनि अघि बढाईरहेका रबिन श्रेष्ठ पछिल्लो समय घरमा समय दिइरहेका छन् । उनले ‘पार्सल’ नामक फिल्मबाट निर्देशकमा डेब्यु गरेका थिए । जसमा निता ढुंगाना र किशोर खतिवडाको पनि अभिनय रहेको थियो । यो कोरोना कालमा निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई आफ्नो ब्यक्तिगत तर्फबाट सक्ने सहयोग गरिरहेको उनले बताए । आर्ट फिल्म तथा विभिन्न पुस्तकहरु पढ्दै दैनिकी बितिहरेको उनले बताए । उनले ‘रातो जुन’ नामक चलचित्र लेखन तथा निर्देशन समेत गरेका छन् ।

१०. मेनुका माझी – अभिनेत्री / मोडल

आफुले मोडलिङको लागि आफ्नै ठाउमा बसेर सो सपनालाई साकार पार्छु भन्नेहरु धेरै सफल छैनन् । सफलता र चर्चा कमाउनको लागि काठमाडौ नै पुग्नुपर्छ भन्ने सोच प्रायःको छ । तर, प्रदेश १ मै बसेर आफ्नो सानै देखिको मोडल बन्ने सपना पूरा गर्दै अहिले ब्यवसायिक मोडल बनेकी छन् मेनुका माझी । यो निषेधाज्ञामा फुर्सदिलो समय भएका कारण धेरै समय परिवारलाई दिइरहेकि छन भने शरीरलाई तन्दुरुस्त राख्न शारीरिक ब्यायममा समय दिने गर्छिन् । सामाजिक संजालमा अप्डेट हुने संगै चलचित्रकर्मीसंग सम्बन्धित संस्थाले सन्चालन गरेको राहत अभियानमा उनले आर्थिक सहयोग पनि गरेकी छन् ।

उनले चलचित्रकर्मी संघ प्रदेश १ र चलचित्रकर्मी महासंघ प्रदेश १ को राहत अभियानमा ५/५ हजार सहयोग गरेको हामिलाई बताइन् । यसबाहेक उनको दैनिकि टिकटक बनाउने र साथिभाईहरुसंग फोन र भिडियोकलमा कुराकानी गरेर बित्ने गरेको छ । हालसम्म उनले १५० ओटा मैथिली गीत तथा ८ ओटा नेपाली गीतको भिडियोमा अभिनय गरेकी छन भने ५ नेपाली फिल्ममा उनले आफ्नो अभिनय कला देखाईसकेकी छन् । विशेषगरि उनी मैथिली फिल्म तथा म्युजिक भिडियोमा लोकप्रिय छन् ।

११. रितेश जङ खत्री – अभिनेता

उनी पनि पछिल्लो समय प्रदेश १ मै रहेर आफ्नो चलचित्र गतिविधिलाई अघि बढाई रहेका छन् । बिगत ५ वर्ष पहिलेबाट चलचित्र यात्रा थालनी गरेका खत्रीले अनुप बरालको एक्टर स्टुडियोबाट थियटर प्रशिक्षण लिएका थिए । ४ वर्ष पहिले निर्माण भएको १ सट एक टेक चलचित्र ‘जालो’मा उनले अभिनय गरेका छन् । जुन फिल्मले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । त्यस्तै उनले सुस्केरा  फिल्ममा पनि अभिनय गरेका छन् । हाल कोरोनाको कहरले उनी पनि फिल्मबाट फुर्सदमा छन् । यो फुर्सदलाई उनले निकै राम्रो काम गरेर सदुपयोग गरिरहेका छन् । ईलाम जिल्लाको फाक्फोकथुम गाउँपालिका १ मा सिंह बाहिरी मन्दिर निर्माणमा सहयोग गरि इलामको धार्मिक, संस्कृतिक पर्यटन प्रवर्द्धनको लागी भुमिका खेलिरहेको उनले जानकारी गराए । अहिले यहि कार्यको लागि विभिन्न संघसंस्था तथा ब्यक्तिहरु संग आर्थिक संकलनमा जुटिरहेको बताए । उनले जयसम्भु, माछामाछा, रुदाने लगायतका फिल्ममा अभिनय गरेका छन् ।

१२. सुस्मिता श्रेष्ठ – अभिनेत्री / मोडल

प्रदेश १ मै रहेर मोडलिङ क्षेत्रमा छोटो समयमा सफलता हात पारेको नाम हो सुस्मिता श्रेष्ठ । ईटहरीमा बसेर मोडलिङ गर्दै आईरहेकी उनी छायांकनको सिलसिलामा काठमाडौ पनि पुग्छिन । तर बसाइ भने उनको ईटहरी नै हुने गरेको छ । उनले पनि कोरोना कहरका बिछ जारी निषेधाज्ञामा आफ्नो परिवारसंग समय बिताइरहेकि छन् । उनले आफ्नो नाममा युट्युब च्यानल समेत खोलेकी छन । आफ्नो अतिरिक्त क्रियाकलापहरुलाई पनि यो च्यानलमा अप्लोड गर्ने गर्छिन् ।

फुर्सदको समयमा उनले शारीरिक रुपमा तन्दुरुस्त रहन ब्यायमलाई पनि बढी समय छुट्याइएको बताईन् । उनले ब्यायम गर्दै गरेको भिडियो युट्युबमा राख्छिन् । यो संगै सामाजिक कार्यमा पनि सहयोगी बन्दै आईरहेकी छन् । उनले केही समयअघि अपाङ्गहरुको लागि काठमाडौमा खाद्य अभाव भएपछि यहिबाटै आर्थिक सहयोग गरेकी थिइन् । यता चलचित्रकर्मी महासंघले चलाएको अभियानमा पनि केही सहयोग गर्ने सोछ रहेको उनले बताइन् । हलसम्म उनले २०-२५ को हाराहारीमा नेपाली म्युजिक भिडियो तथा ४ ओटा फिल्ममा आफ्नो अभिनय कला देखाईसकेकी छन् ।

१३. कबिता बान्तावा राई – मोडल / अभिनेत्री

सुरुवातमा मिडियामा कार्यरत भएपनि कबिता त्यहिबाट मोडलिङमा प्रवेश गरिन । प्रदेश १ मै रहेर केहि म्युजिक भिडियो संगै फिल्ममा अभिनय गरेकी उनि हाल पाचथरमा छिन् । आफ्नो ब्यवसाय पनि भएकोले मोडलिङ करियर पनिसंगै अगाडि बढाईरहेको उनले बताइन् । कोरोनाले आफ्नो क्षेत्र ठप्प भएपनि उनी फुर्सदमा भने छैनन् । टिकटक र युट्युबमा सक्रिय रहदै आएकि उनलाई यसतर्फ लाग्न यो निषेधाज्ञाले झनै साथ दिएको छ । उनी दैनिकजसो टिकटक र युट्युब भिडियोहरु बनाईरहेकी हुन्छिन् । संगै ब्यापारब्यावसायलाई अझै कसरी बढाउन सकिन्छ भनेर यो समयमा प्लानिङ गरिरहेको उनले सुनाइन् । उनले पछिल्लो समय बैनाबट्टा फिल्ममा प्रमुख भुमिकामा अभिनय गरेकी थिइन् । यस्तो कठिन परिस्थितिमा चिन्ता हैन चिन्तन गरेर सकारात्मक कर्म गर्न सुझाएकी छन् ।

तपाईको प्रतिक्रिया