ईटहरी/ कोरोना महामारीले देशै थला परिरहेको बेला चलचित्र क्षेत्रका हस्तिहरु पनि यसको प्रत्यक्ष असरमा परिरहेका छन् । धेरै कलाकारहरूलाई कोरोना संक्रमण भैरहेका छन् । केहिले जिते, केहिले हारे भने केहिले जित्न संघर्ष गरिरहेका छन् । यसै बिचमा वरिष्ठ कलाकार तथा निर्देशक प्रेम सुब्बालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

१०/१२ दिन अघिबाट सामान्य रुघाखोकी लागेको थियो । परिक्षण नगराई बसेका सुब्बाले ४ दिन अघि टेस्ट गराउदा कोरोना पोजेटिभ आएको हामिलाई जानकारी प्राप्त भएको छ । यतिबेला उनी धरान घरमै आईसोलेट भएर बसेका छन् । उनको अभिनय रहेको पहिलो चलचित्र देउमाईको किनारमा हो । जुन ऎतिहासिक चलचित्र हो ।

यसपछि बलिदान, नुमाफुङ जस्ता दर्जनौ चलचित्र, टेलिफिल्महरुमा उनले अभिनय गरेका छन् ।पछिल्लो समय श्वासप्रश्वासमा पनि केही समस्या देखिएपछि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ र होप धरानको संयोजकत्वमा अक्सिजन तथा औषधि वितरण गरिएको छ । उनले ‘तारेभिर’ नामक चलचित्र निर्देशन गरेका छन भने सुब्बालाई पुर्वको डेनि समेत भनेर चिनिने गरिन्छ । हाम्रो तर्फबाट पनि सिघ्र स्वास्थ्य लाभको कामना ।

तपाईको प्रतिक्रिया