ईटहरी/ द भ्वाईस अफ नेपालको नकआउट राउण्डसम्मको यात्रा तय गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा गीत सार्बजनिक भएको छ । राई इज किङ्ग राजेश पायल राईले आफ्नै संगीतमा तथा तुलसी बस्नेतको शब्दमा ‘धरानकी सान्नानीको सम्झना पो आयो है’ बोलको गीत रेकर्ड गराएर सार्बजनिक गरिएको हो । राजेशले आफ्नै युट्युब च्यानल मार्फत सो गीतको स्टुडियो भिडियोलाई रिलिज गरेका छन् । गायक राजेश पायल राईले समेत फ़िचरिङ्ग गरेको यो गीतमा सम्भवत राजेशले पहिलो पटक र्‍याप हानेको हुनुपर्छ ।

उनलाई यो शैलीमा पनि दर्सकले रुचाएका छन् । गीतको भिडियो रिलिज भएको दोस्रो दिनबाटै युट्युबको ट्रेन्डिंगमा समेत परेको थियो । यो समाचार तयार गर्दैगर्दा युट्युब नेपालको म्युजिक क्याटोगरिमा ट्रेण्डिङ्गको १९ औ स्थानमा छ । नकआउट राउण्डबाट बाहिरिए पनि उनलाई सम्पूर्ण जजहरुले मनपराएका थिए । महागुरु दीप श्रेष्ठको टिममा रहेका गायक इशान राईको पछि गायक राजेश पायल राईले नकआउट राउण्डबाट नै बाहिरिएकी अर्का प्रतिभाशाली गायिका मेलिना मैनालीसँग एउटा युगल गीत रेकर्ड गराउने बाचा गरेका छन् । हेर्नुस भिडियो


आफुलाई मन परेका प्रतिभाशाली गायक-गायिकाहरुको लागि निस्फिक्री बोल्ने गायक पायलले यसअघि पनि द भ्वाईस अफ नेपालको बैशाली लामासँग एक युगल गीत रेकर्ड गराएका थिए । महागुरु दीप श्रेष्ठको टिमबाट द भ्वाईसमा यतिको यात्रासम्म पुगी नेपाली संगीत आकाशको चम्किलो तारा राजेश पायल राईको बलियो साथ पाएपछि गायक इशान पनि अहिले एकदमै खुशी छन् । आफ्नो मिहिनेतलाई अझ निखार्दै आफ्ना शुभचिन्तक तथा दर्शक-श्रोताहरुको भरोषालाई कायम राख्न आफु कटिबद्ध रहेको गायक इशान बताउँछन् । यता राजेशले पछिल्लो समय नव प्रतिभाहरुलाई साथ र सपोर्ट गर्दै आईरहेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया