ईटहरी/ लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीत फिमेल भर्सनमा सार्बजनिक गरिएको छ । जसमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ । भिडियो निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको थियो ।

सार्बजनिक भिडियोमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ । गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन् । हेर्नुस् भिडियो ।

यता भिडियोले छोटो समयमा नै चर्चा बटुल्न थालेको छ । हामिले यो समाचार तयार गर्दैगर्दा युट्युब नेपाल ट्रेन्डिङको १० औ स्थानमा छ भने युट्युबकै म्युजिक क्याटगोरिको ट्रेन्डिङमा भने ५ औ स्थानमा आईपुगेको छ । यो उक्लने क्रम बढ्दो रहेको छ । सार्बजनिकको १६ घन्टा बित्दै गर्दा भिडियोलाई ३ लाख ८० हजार बढी पटक हेरिएको छ । यता लाईक गर्नेको संख्या ५८ हजार नाघेको छ । ६ हजार ७ सय बढिले सकारात्मक कमेन्ट गर्दा ८ सय २२ ले डिसलाईक गरेका छन् ।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोको गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद पुरस्कार उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ । 


तपाईको प्रतिक्रिया