ईटहरी/ नेपाली म्युजिक भिडियो मोडलिङ गरेर सबैको मनमा बस्न सफल भएकी छन समीक्षा पोख्रेल । उनको अभिनयको तारिफ धेरैले गर्ने गर्छन् । सौन्दर्यताको हिसाबले पनि तारिफयोग्य उनले ‘मेरो यो मन मन्दिरमा´ बोलको गितबाट अभिनयको यात्रा सुरु गरेकी हुन् । समिक्षा अहिले ३० बढी म्युजिक भिडियोमा सफल अभिनय गरि सकेकी छिन् ।

समाजसेवामा समेत रुचि राख्ने उनको चाहाना चलचित्रमा अभिनय गर्ने पनि रहेको छ । उनले मेलिना राई, कमल खत्री, प्रताप दास, एलिना चौहान, रचना रिमाल, सुशील गड्तौला लगायत लोकप्रिय गायकगायिकाको गीतको भिडियोमा अभिनय गरिसकेकि छन् । उनले तेश्रो योङ माईन्डस ईन्टरटेन्मेन्ट अवार्ड २०७७ बाट बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड हात पारेकी थिइन् ।

यस्तै समिक्षाले २०२० मा सम्पन्न नेसनल पावर न्युज म्युजिक अवार्डबाट आधुनिक भिडियो महिला मोडलको अवार्ड समेत हात पारेकी थिइन् । उनले चर्चित मोडल तथा नायकहरुसंग म्युजिक भिडियोमा स्क्रिन शेयर गरेकी छन् । सामाजिक संजालमा समेत सक्रिय उनी यतिबेला कोरोनाका कारण फुर्सद छिन् । टिकटकमा समेत सक्रिय उनलाई पछ्याउनेहरुको संख्या ३ लाख ५० हजार भन्दा बढी छन् । फोटो खिच्न रुचाउने उनले फेसबुकमा विभिन्न फोटोहरु सार्बजनिक गरिरहेकी हुन्छिन् । हेरौ केही उनका तस्वीरहरु ।

तपाईको प्रतिक्रिया