ईटहरी/ अभिनेत्री प्रियंका कार्कीले ‘बेबी सावर’ गरेकी छिन् । प्रियंकालाई उनका सथिहरुले ‘बेबी सावर’ पार्टी दिएका हुन् । बेबी सावर सामान्यतय गर्भवती महिला सात देखि आठ महिना पुगेपछि केहि नजिकको साथीहरु र परिवारको सदस्य उपस्थित भएर मनाउने गरिन्छ । नेपालमा भने गर्भवती महिला सात देखि आठ महिना पुगेपछि ‘दही-चिउरा’ खुवाउने चलन थियो । तर पछिल्लो समय यो चलन नेपालमा पनि भित्रिएको छ ।

केहि महिनाअघि सामाजिक संजालमा आफु गर्भवती भएको खुलासा गरेकी अभिनेत्री प्रियंका कार्कीलाई धेरैले ट्रोल बनाएका थिए । केहि न केहि कारण चर्चामा आइरहने प्रियंका अहिले भने उनि आफ्नो ‘बेबी बम्प’ देखाएर खिचिएको तस्विरको कारण चर्चामा छिन् । अभिनेत्री प्रियंकाले केहि वर्ष अघि अभिनेता आयुष्मान जोशीसंग विवाह गरेकी थिइन् ।

चर्चा र आलोचनामा आईरहने उनि पछिल्लो समय सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र युट्युबमा निकै नै सक्रिय छिन् । उनको हाल इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन् । लामो समय देखि प्रियंका कुनै पनि काममा देखिएकी छैनन्, तर उनी खाना बनाएको र ब्यायाम गरेको भिडियो कन्टेन्ट युट्युबको लागी बनाउनमै ब्यस्त देखिन्छिन् ।

उनि अहिले आफ्नै घरमा बसेर गर्भाअवस्थाको मज्जा लिईरहेकी छिन् । प्रियंकाले आफ्नो डेलिभर डेट ठ्याक्कै नबताए पनि आगामी सेप्टम्बर महिनापछि बच्चा जन्मिने बताएकी छिन् । उनले आफ्नो बेबी बम्पको तस्विर सामाजिक संजालमा शेयर गरिरहन्छिन् । यतिबेला बेबि सावरको तस्वीर पनि सामाजिक संजालमा भाईरल हुन थालेको छ । हेर्नुस् केही तस्वीरहरु


तपाईको प्रतिक्रिया