ईटहरी/ नेपाली चलचित्र उधोगमा सम्भावना बोकेको नायिका हुन् सुहाना थापा । पारिवारिक पृष्ठभुमि पनि फिल्ममय भएको कारण पनि उनले यो क्षेत्रमा पाईला चालिन् । अभिनेत्री झरना थापा तथा निर्माता सुनिल कुमार थापाको छोरी सुहानाले पहिलो फिल्मबाटै सम्भावना बोकेको नायिकाको रुपमा आफुलाई चित्रित गरिन् । कोरोना महामारीको दोश्रो लहर सुरु हुदै गर्दा नेपाल छाडेकी नायिका सुहाना थापा यतिबेला अमेरिकामा छिन् ।

आमा झरना र बुवा सुनिलसंगै कोरोना कहर चलिरहदा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेर उनी अमेरिका पुगेकी थिइन् । सुहाना लामो समयदेखि अमेरिकामै बसेर आफ्नो अध्ययन पूरा गर्दैछिन् । पहिलो लहरको कोरोनापछी ढलेको चलचित्र उधोग बिस्तारै उठ्ने क्रम चल्दैगर्दा चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको भदौ १८ गतेबाट रिलिज गर्ने योजना निर्माणपक्षले बनाएको थियो ।

तर, कोरोनाको दोश्रो लहरका कारण चलचित्र हल संचालनमा आउने अत्तोपत्तो छैन । सामाजिक संजालमा बिरलै देखिने उनका नया नया तस्वीरलाई भने उनकी आमा झरनाले आफ्नो फेसबुकबाट बेलाबेला सार्बजनिक गरिरहेकी हुन्छिन् । हालै झरनाको फेसबुकबाट सुहानाको केही आकर्षक तस्वीर सार्बजनिक भएको छ । जहाँ सुहानालाई बिन्दास देखिन्छ । व्हाईट ड्रेसमा उनलाइ निकै सुहाएको छ । हेर्नुस् उक्त तस्वीरहरु ।

तपाईको प्रतिक्रिया